काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल इप्पानले धितोपत्र बोर्डद्वारा जलविद्युत कम्पनीको आइपिओ र हकप्रद शेयर निष्काशनमा ढिलाइ भएको जनाएको छ।

यस ढिलाइले निजी लगानीकर्तालाई निरुत्साहित गरेको छ। त्यसैले इप्पानले यस समस्या तुरुन्त समाधान गर्न सरकारसँग आग्रह गरेको छ।
इप्पानका अनुसार विगत २८ महिनामा ४३ कम्पनीको आइपिओ र सात कम्पनीको हकप्रद शेयर निष्काशन हुन सकेको छैन, जसले ऊर्जा क्षेत्रमा रु १ खर्ब ८ अर्ब ५० करोड बराबरको क्षति र थप ब्याज तथा लागत बढाएको छ।
अध्यक्ष गणेश कार्कीले नयाँ ‘रियल नेटवर्थ’ नीति र निर्माणाधीन परियोजनामा आइपिओ निष्काशन रोक्ने नीति वित्तीय संकट बढाउने र लगानीमा बाधा पुर्याउने बताए।
इप्पानले सरकार र सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने तयारी गरेको छ र माग नमानिए कानुनी र सार्वजनिक आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।











