Logo
Logo

पहिलोपटक नेकपाको सचिवालय बैठक पेरिसडाँडामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ असोज ।
पार्टी एकीकरणपछि सत्तारुढ नेकपाको सचिवालय बैठक आज पेरिसडाँडास्थित पार्टी कार्यालयमा सुरु भएको छ। बैठकका लागि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समेत पेरिसडाँडा पुगेका छन् । बैठकमा संवैधानिक तथा राजदूतहरुको नियुक्तिबारे छलफल हुन लागेको छ ।

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो । अध्यक्ष प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णयपछि बैठक पेरिसडाँडामा बसेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्