Logo
Logo

पहिलोपटक कोरानाबाट नेपाली सेनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ असोज । नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौँमा कार्यरत रामेछाप घर भएका ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो ।
निर्देशनालयका अनुसार मृतक सैनिकको यही १ असोजमा परीक्षणको नतिजा आएको थियो । यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को संक्रमण पुष्टि भएको संख्या दुई हजार ५६ पुगेको छ । तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय संक्रमित भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्