Logo
Logo

भारतमा एकैदिन ९२ हजार ६०५ संक्रमित भेटिए, हालसम्म ५४ लाख बढी संक्रमित


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, ४ असोज (एजेन्सी) । भारतमा कोरोनाभाइरसबाट एकैदिन आइतबार ९२ हजार ६०५ जना संक्रमित भेटिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ५४ लाखभन्दा बढी पुगेको छ ।
केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३३ जनाको मृत्यु भएको जनाएको छ । भारतमा कुल संक्रमितमध्ये अहिले पनि १० लाख १० हजार ८२४ जना संक्रमित अवस्थामै रहेका छन् । भारतमा संक्रमितमध्ये ४३ लाख ३ हजार ४४ जना भने संक्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५४ लाख ६२० जना संक्रमित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्