काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सीडब्ल्यूसी लिग-२ को एकदिवसीय सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । शनिवार क्यानले रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो ।

टोलीमा अनिल साह र भीम सार्कीलाई समावेश गरिएको छ । यद्यपि, हालै टी-२० विश्वकप छनोट टिममा रहेका सन्दीप जोरा, लोकेश बम र आदिल आलम भने यो सिरिजका लागि छनोट भएका छैनन् ।
नेपालले यूएईमा आयोजना हुने लिग-२ को सिरिजमा यूएई र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपालको खेल अक्टोबर २६ बाट सुरु हुनेछ । लिग-२ अन्तर्गतको सिरिजमा तीनवटै टोलीले चार-चार खेल खेल्नेछन् ।











