काठमाडौं । तिहार पूर्वको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिन निरन्तर घटेको बजारमा आज दोहोरो अङ्कले बढेर बन्द भएको हो ।

आइतबार नेप्से परिसूचक १६.६७ अङ्क बढेर २५०३.८५ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३१० अङ्क बढको छ भने फ्लोट इण्डेक्स ०.९८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अङ्क बढको छ ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आज कारोबारमा आएका २४९ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता सेयर दुई अर्ब ७९ करोड ११ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबारको बजारमा ७६ लाख ४३ हजार कित्ता सेयर ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको थियो ।
आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । हिमालयन पावर र भगवती हाईड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरै बढेको छ । त्यसैगरी हिमालय ८०-२० को इकाई मूल्य ६.१० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रिलरी कम्पनीको २५ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
आज कारोबारमा १३ उपसमूह मध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । अन्य उप समूहको सूचक सर्वाधिक बढेको छ । यस समूह १.१६ प्रतिशतले बढेको हो ।
बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । कारोबारमा आएको अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत घटेको छ । त्यस्तै, बैङ्किङ, वित्त, जलविद्युत, व्यपार, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक घटेको छ । कारोबारमा आएका मध्ये विकास बैङ्क, निर्जीवन बीमा र म्युचुअल फण्डको सूचक नकारात्मक भएको छ ।











