Logo
Logo

इलामका पहिरो पीडितलाई पाकिस्तानी दूतावासको राहत सामग्री वितरण


378
Shares

काठमाडौं । नेपालका लागि पाकिस्तानी दूतावासले इलामका बाढी पहिरो प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ ।

‘नेपाल–पाकिस्तान युवा परिषद्’सँगको सहकार्यमा नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाशमीसहितले माङसेबुङ र फाकफोकथुम नगरपालिकाका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेका छन् ।

माङसेबुङ गाउँपालिकाको गजुरमुखी धाम पुगेर उनले प्रभावित परिवारलाई सामग्री हस्तान्तरण गरेका हुन्। गत असोज १७ र १८ गतेको अविरल वर्षाका कारण इलाममा पहिरो जाँदा ३७ जनाको मृत्यु भएको थियो।

इलामका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय तहका कार्यक्रममा राजदूत हाशमीले प्रभावित परिवारप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दै दुई देशबीचको मित्रता र सहयोगलाई बढाउन जोड दिए ।

यसअघि, राजदूत हाशमीले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई विराटनगरमा भेट गरी विपद्का समयमा ऐक्यबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्