Logo
Logo

सर्वदलीय बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी हुने


2.8k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पर्यवेक्षकका रूपमा सहभागी हुने भएका छन् ।

The current image has no alternative text. The file name is: naya.jpg

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूले बैठकमा पर्यवेक्षकको भूमिका निर्वाह गर्नेछन् । प्रधानमन्त्री कार्कीले आज बालुवाटारस्थित सरकारी निवासमा राजनीतिक दलहरूसँग आगामी निर्वाचनका विषयमा छलफल गर्दैछिन् ।

आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय भएको छ । निर्वाचन सुरक्षालाई लिएर राजनीतिक दलहरूले चिन्ता व्यक्त गरिरहेका बेला प्रधानमन्त्री कार्कीले यो छलफल आयोजना गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्