
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोनाम थेबेलाई पक्राउ गरेको हो । उनी चार दिनदेखि प्रहरी हिरासतमा रहेको एसपी पवन भट्टराईले जानकारी दिए ।
उनका अनुसार भदौ २४ गते आन्दोलन क्रममा थेबेले अन्य व्यक्तिहरूको घरमा पनि आगजनी गरेको सिसिटिभी तथा भिडिओहरूमा देखिएको छ ।
उक्त संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत सरकारी, निजी संरचना तथा निवाससँगै थुप्रै नेताहरूको घरमा आगजनी र तोडफोड भएको थियो ।
प्रहरीले सिसिटिभी फुटेज, तस्बिर लगायत प्रमाणका आधारमा आगजनी र तोडफोडमा संलग्नहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।














