Logo
Logo

४८८ इन्सपेक्टरको सरुवा, साँखुमा खरेल, पुल्चोकमा बस्नेत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ असोज ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीका चार सय ८८ इन्सपेक्टरको सरुवा गरेका छन् । सरुवामा महत्वपूर्ण शक्तिकेन्द्रहरु हाबी भएका छन् ।


सरुवामा महानगरीय प्रहरी वृत्त बुढानिलकण्ठमा जानुकादेवी खरेलको सरुवा भएको छ । त्यस्तै प्रधानमन्त्रीको सुरक्षामा खटिएका इन्सपेक्टर किसन बस्नेतलाई पुल्चोक प्रभागको इन्चार्ज दिइएको छ । त्यस्तै बुढानिलकण्ड प्रभागमा राजकुमार तामाङको सरुवा भएको छ ।
पूर्व आईजिपी सर्वेन्द्र खनालको पिएसओ रहेका राजेशराज पुरीले वडा प्रहरी कार्यालय, बिर्ताको जिम्मेवारी पाएका छन् । धादिङको इलाका प्रहरी कार्यालय खानीखोलामा रुपा थापाको सरुवा भएको छ ।

वडा प्रहरी कार्यालय नारायणगढ, चितवनमा रघुसिंह बिष्ट, इलाका प्रहरी कार्यालय कृष्णनगरमा शुकदेव पौडेल, इलाका प्रहरी कार्यालय खजुरामा वसन्त आचार्य, इलाका प्रहरी कार्यालय लेटाङ मोरङमा रोमनराज अर्याल, वडा प्रहरी कार्यालय, लमही दाङमा राजन पौडेलको सरुवा भएको छ ।

सरुवामा कसैले एक पटक पनि इन्चार्ज पाएका छैनन् भने कतिपयलाई इन्चार्जबाट इन्चार्जमै सरुवा गरिएको छ । नागढुंगा प्रभागमा हुँदा लाखौं कमाएको आरोप लागेका केशब भट्टलाई पछि महाराजगञ्ज ट्राफिकको इन्चार्ज दिइएकोमा हाल कञ्चनपुर ट्राफिकमा पठाइएको छ ।

उता गृह मन्त्रालयले एसएसपीको समेत सरुवाको तयारी गरेको छ । ललितपुर परिसर, ट्राफिक महाशाखा तथा तालिम केन्द्रका प्रहरी प्रमुखहरुको सरुवाको तयारी भइरहेको छ । केही समूह भने काठमाडौं परिसरका प्रमुख श्यामलाल ज्ञवालीलाई हटाउने दौडधुपमा लागेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्