Logo
Logo

सत्तारुढ कर्मचारी संगठनको दबाबमा आधिकारीक ट्रेड यूनियनको निर्वाचन स्थगित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ असोज ।
सत्तारुढ नेकपानिकट कर्मचारी संगठनकै दबाबमा आधिकारीक ट्रेड यूनियनको निर्वाचन स्थगित भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।


स्रोतका अनुसार नेकपानिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनको दबाबका कारण निर्वाचन स्थगित भएको हो । मधेसी कर्मचारी संगठनले पनि चुनाव स्थगनको माग गरेको थियो ।
खासगमा निजामती कर्मचारी संगठनभित्रको विवादका कारण निर्वाचन स्थगित भएको स्रोत बताउँछ । चुनावमा संगठन पहिलो हुने भएपनि कसलाई अध्यक्ष बनाउने लगायतका विषयमा तिव्र अन्तरविरोध थियो ।

प्रतिक्रिया दिनुहोस्