Logo
Logo

चार ट्राफिक प्रहरी बर्खास्त, ५० जना पुरस्कृत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ असोज ।
सवारी नियम उल्लङ्घन गर्ने चालक तथा सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी ईन्कार गर्ने १७ जना ट्राफिक प्रहरी आज सम्मानित भएका छन् । मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा एक कार्यक्रम गरी ती ट्राफिक प्रहरीलाई एसएसपी भिम ढकालले टीका, दोसल्ला र प्रशंसा पत्र दिएर सम्मान गरेका हुन् ।

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरसः पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालकरसह(चालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी ईन्कार गर्नुका साथै त्यस्तो कार्यमा संलग्न चालक र सहचालकलाई नियमानुसार कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गर्ने ट्राफिक प्रहरीहरूलाई सम्मानित गरिएको महाशाखाका प्रमुख एसएसपी ढकालले बताए ।

संगठनको छविलाई उच्च पारी आफूलाई दिइएको जिम्मेवारी इमान्दारितासाथ निर्वाह गर्ने ट्राफिक प्रहरीहरुलाई प्रोत्साहन गरिएको उनले बताए ।
यसरी सम्मानित गरेपछि ट्राफिक प्रहरीबाट सम्पादन हुने कार्यमा पारदर्शिता र इमान्दारिता देखिन थालेको महाशाखाले जनाएको छ ।
५० पुरस्कृत, ७७ कारबाहीमा
यसअघि पनि त्यस्ता कुनै पनि प्रलोभनमा नपर्ने ५० जना ट्राफिक प्रहरीलाई विभिन्न मितिमा पुरस्कृत महाशाखाले गरिसकेको छ भनेसेवाग्राहीसँग आर्थिक प्रलोभनमा पर्ने तथा संगठनको नीति नियम विपरित कार्य गर्ने ७७ जना ट्राफिक प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरेको छ र ४ जना कर्मचारीलाई नोकरीबाटै हटाईएको छ ।
महाशाखाले ट्राफिक प्रहरीको कार्यसम्पादनमा चुस्त दूरुस्त एवं पारदर्शीताको विषयमा कुनै कमीकमजोरी, लापर्वाही तथा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचीत गरिदिन पनि सर्वसाधारणमाअपिलसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्