Logo
Logo

तोलामा २ हजारले घट्यो सुनको मूल्य


693
Shares

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

The current image has no alternative text. The file name is: Gold.jpg

अघिल्लो कारोबार दिन यो २ लाख ४१ हजार ९०० रुपैयाँ थियो । यसअघि आइतबार सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँ घटेको थियो । तिहारपछि कुल १३ हजार ६०० रुपैयाँले मूल्य घटिसकेको छ ।

यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ प्रतितोला पुगेको थियो । चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९८० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्