काठमाडौं । रोमाञ्चक एल क्लासिकोमा लिग लिडर रियल मड्रिडले जित निकालेको छ । बर्नाबेउमा आइतबार सम्पन्न खेलमा रियलले बार्सिलोनालाई २-१ ले पराजित गरेको हो । रियलको जितमा किलियन एमबाप्पे र जुड बेलिङघमले गोल गरे। बार्सिलोनाका फेर्मिन लोपेजले एक गोल फर्काए ।

२२औँ मिनेटमा एमबाप्पेले गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए । तर, ३८औँ मिनेटमा लोपेजले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । खेलको पहिलो हाफको अन्त्यअघि नै ४३औँ मिनेटमा जुड बेलिङघमले सुन्दर गोल गर्दै मड्रिडलाई पुनः अग्रता दिलाए ।
दोस्रो हाफमा दुवै टोलीले प्रयास गरे पनि थप गोल हुन सकेन र खेल २-१ को जितसहित मड्रिडको पक्षमा समाप्त भयो। यस जितसँगै मड्रिडले लिग तालिकाको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ । मड्रिडले १० खेलबाट २७ अङ्क पुर्याएको छ। बार्सिलोना समान खेलबाट २२ अङ्कसहित दोस्रो स्थानमा छ ।











