Logo
Logo

नेदरल्यान्ड्सका डाउड कर्णाली याक्समा अनुबन्ध


315
Shares

काठमाडौं । कर्णाली याक्सले नेदरल्याण्ड्सका ओपनिङ ब्याटर म्याक्स्वेल प्याट्रिक ओ डाउडलाई एनपिएलको दोस्रो सिजनका लागि अनुबन्ध गरेको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले डाउडलाई अनुबन्ध गरेको जानकारी गराएका हुन् ।

यसअघि कर्णाली याक्सले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ ।

म्याक्स त्रिविको मैदान र नेपाली खेलाडीसँग राम्रोसँग परिचित खेलाडि हुन् । कर्णालीले बासिष्टोसँग सम्झौता नवीकरण गरेको‌ थियो । वाट र डाउडले भने पहिलो पटक एनपिएल खेल्नेछन् ।

३१ वर्षीय डाउडले नेदरल्यान्ड्सबाट ८७ टि ट्वान्टी आई खेल खेलिसकेका छन् । जसमा १ शतक‌ र १६ अधशतकसहित उनले २ हजार ३ सय ९ रन बनाएका छन् ।

कीर्तिपुरको मैदानमा उनले मलेसियाविरुद्ध ७३ बलमा करियरकै अविजित सर्वाधिक १ सय ३३ रन बनाएका थिए । उनले नेदरल्यान्ड्सको लागि ६५ ओडिआई खेलमा २ हजार १ सय ५३ रन बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्