नेपालमा ५० हजारले कोरोना जिते « Drishti News – Nepalese News Portal
Logo

नेपालमा ५० हजारले कोरोना जिते


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ असोज ।
नेपालमा कोरोना संक्रमित हुने बढेपनि निको हुनेको दर अन्य देशको तुलनामा उच्च रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ५० हजारले कोरोना जितिसकेका छन् ।


दिउँसो स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङकमा ४९ हजार ९ सय ५४ जना निको भएको उल्लेख छ । त्यो बिहानसम्मको तथ्याङक भएको र साँझसम्म निको हुनेको संख्या ५० पुगेको मन्त्रालयका एक अधिकारीले बताए ।

नेपालमा संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ । जसमध्ये ४ सय ३६ जनाले ज्यान गुमाएका छन् । नेपालमा ९ लाख ४४ हजार ४ सय ४७ जनामा कोरोना परीक्षण गरिएको छ ।

नेपालमा हाल निको हुने दर ७३.७ प्रतिशत भएपनि बढ्दै गएको छ । बुधबार मात्र १८९३ जना निको भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या १७ हजार चार सय १४ छ । जुन संख्या २५ हजार भन्दा धेरै पुगेमा फेरि लकडाउन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यो भन्दा धेरै संक्रमित भए अहिलेको पूर्वाधारले धान्न नसक्ने भएकाले लकडाउन गर्न सिसिएसीमा सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्