
काठमाडौं । नेपाली सेनाले मनाङका विभिन्न ठाउँमा हिमपातमा फसेका १५ सय जनाको उद्धार गरेको छ ।
सोमबार रातिदेखि भारी हिमपात भएपछि मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकाबाट त्यहाँ फसेका पदयात्रीहरुको सेनाले उद्धार गरेको हो ।
भारी हिमपात परेपछि ती क्षेत्रमा फसेका २ सय विदेशी पयर्टकसहित १५ सयको उद्धार गरिएको सैनिक मुख्यालयले जानकारी दिएको छ ।
मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरी उनीहरुलाई सुरक्षित स्थानमा लगेको हो ।











