Logo
Logo

बालुवाटार वार्तामा राजनीतिक दलबाट १६ र जेनजीबाट १४ प्रतिनिधि सहभागी हुने


1k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला काकीले आज राजनीतिक दल र जेनजी प्रतिनिधिसँग छलफल गर्दैछन् । जेनजी आनदोलनपछि बनेको अन्तरिम सरकारले पहिलोपटक जेनजी र राजनीतिक दलसँग त्रिपक्षीय छलफल गर्न लागेको हो ।

निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलोपटक हुन लागेको उक्त त्रिपक्षीय छलफल प्रधानमन्त्री निवास वालुवाटारमा अपराह्न ४ बजे हुँदैछ । जहाँ जेनजीबाट १४ जना र बिभिन्न राजनीतिक दलका १६ जना नेता सहभागी हुने भएका छन् ।

त्यस्तै सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल उपस्थित हुनेछन् । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायतका विषय छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । आन्दोलनको क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओली सरकार ढल्न पुग्यो । त्यसपछि प्रतिनिधिसभाबाटै अर्को सरकार बन्ने अवस्था नहुँदा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा २७ भदौमा अन्तरिम सरकार बनेको छ ।

सरकारले यसअघि जेनजी र राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै रुपमा छलफल गर्दै आएको थियो । आज भने सरकार, जेनजी र राजनीतिक दलका प्रतिनिधि संयुक्त छलफलमा बस्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्