Logo
Logo

बैतडीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ घाइते


315
Shares

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

गएराति शिवनाथबाट आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना हुँदा मेलौली–२ की २३ वर्षीय तुलसी पाण्डेयको मृत्यु भएको हो ।

दुर्घटना गम्भीर घाइते भएका उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले जानकारी दिए ।

घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्