Logo
Logo

एकीकृत समाजवादी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आज पनि जारी


693
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको आज पनि केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बस्दैछ । राजधानीको मिराकल भेन्युमा बुधबारदेखि सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

राजनीतिक प्रतिवेदनमा नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भएपनि स्पष्ट आधार नभई पार्टी एकता सम्भव नभएको बताएका छन् । कात्तिक १४ गतेसम्म चल्ने बैठकले पार्टीको वैचारिक दृष्टिकोण तथा सैद्धान्तिक विषयको निर्णय, पुनर्गठनको कार्ययोजनासहित अहिलेको नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको विषयमा पनि निर्णय गर्ने बताइएको छ ।

बैठकमा जेनजी प्रदर्शनले उठाएका भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानताविरुद्ध विभिन्न अभियान सञ्चालनसम्बन्धी विषय तथा आवश्यक कार्यक्रम अनुमोदन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्