
काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
लु २ च ८०१५ नम्बरको जिप गएराति सुनिलस्मृति गाउँपालिका–४ धुलेओडारमा सडकबाट खसेर दुर्घटना हुँदा चालक ३२ वर्षीय थम्मन रोका मगरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको रोल्पा प्रहरीका सूचना अधिकारी विज्ञान चापागाईँले जानकारी दिए ।
दुर्घटनामा परी लुंग्री गाउँपालिका–७ हर्जनका ४० वर्षीय खिमबहादुर पुन, लुंग्री –४ साल डाडाँकी २७ वर्षीया भावना गिरी र उनकी ५ वर्षीया छोरी शान्ति गिरी घाइते छन् । उनीहरुको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










