Logo
Logo

नेपाली फुटबलका प्रशिक्षकले दिए राजीनामा


441
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । पुरुष फुटबलको प्रशिक्षकमा नियुक्त भएको करिब ८ महिनामै रसले पदबाट राजीनामा दिएका हुन् ।

गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो । रसले करिब आठ महिनामै राजीनामा दिएको एन्फाका महासचिव किरण राईको जानकारी दिए । उनले के कारणले राजीनामा दिए भन्ने विषयमा पछि जानकारी गराउने राईले बताए ।

आठ महिनामा रसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले सात अन्तरराष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा जित हासिल गर्दा दुई खेल बराबरी तथा चार खेलमा पराजित भएको थियो । रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्