
काठमाडौं । खराब मौसमका कारण विराटनगरबाट काठमाडौंका लागि उडेको श्री एयरको जहाज पुनः विराटनगर नै फर्किएको छ ।
आज बिहान विराटनगरबाट उडेको श्री एयरको फ्लाइट नम्बर ७३२ को जहाज काठमाडौं अवतरण गर्न नसकेर १ घण्टा ३८ मिनेटपछि पुनः विराटनगर एयरपोर्ट फर्किएको हो । जहाजमा रहेका यात्रु कांग्रेस नेता गुरुराज घिमिरेले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् ।
त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको बताएका छन् ।










