Logo
Logo

रोहितको शतक, नेपालद्वारा युएईलाई २३४ रनको लक्ष्य


315
Shares

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ युएईलाई २३४ रनको मध्यम लक्ष्य दिएको छ ।

The current image has no alternative text. The file name is: rohit.jpg

आईसीसी एकेडेमी, दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहितले सर्वाधिक १०९ रन बनाए । १३० बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । उनको यो करिअरको दोस्रो शतक हो । यसअघि उनले २५ मार्च २०२२ मा कीर्तिपुरमा भएको खेलमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनको इनिङ्स खेलेका गिए ।

त्यसको ३ वर्ष ७ महिना ५ दिनपछि उनले पुनस् आफ्नो ब्याटमार्फत शतक बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्