Logo
Logo

सेयर बजार २४.२२ अङ्कले बढ्यो


315
Shares

काठमाडौं । बिहीबारको सेयर बजार नेप्से परिसूचक २४.२२ अङ्कले बढेर २६००.३८ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.४० अङ्क बढेको छ भने फ्लोट इण्डेक्स २.३७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९३ अङ्क बढेको छ ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

आज नेप्से सूचकसँगै कारोबार रकम पनि बढेको छ । आजकारोबारमा आएका २४९ कम्पनीको २ करोड ६० लाख १० लाख ७१८ कित्ता सेयर ७ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँबराबरको १ करोड १५ लाख १ हजार कित्ता सेयर खरिदबिक्री भएको थियो ।

दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, सूपर माई हाईड्रो पावर, गणपति लघुवित्त र पिपुल्स हाईड्रोपावर कम्पनीकोे सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको हो । त्यसैगरी, एनआईबिएल सवल फण्डको इकाई मूल्य सर्वाधिक घटेको छ । यस म्यूचुअल फण्ड ५.७० प्रतिशतले घटेको हो भने सानिमा ग्रोथ फण्डको इकाईमूल्य ५.२४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन बैङ्कको संस्थापक सेयर सर्वाधिक बढेको छ । सो कम्पनीको एक अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, राधि विद्युत् कम्पनीको कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ भने नेपाल सि इन्स्योरेन्स कम्पनीको ३४ करोड १० रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने म्यूचुअल फण्ड समूहको परिसूचक घटेको छ । हाईड्रोपावर उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशत बढेको हो । विकास बैङ्क, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढीले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्