Logo
Logo

कांग्रेस बहुसङ्ख्यक सदस्यहरू नियमित महाधिवेशनको पक्षमा


252
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको महाधिवेशनका बारेमा सदस्यहरूले फरक–फरक मत राखेका छन् । 

The current image has no alternative text. The file name is: mahat.gif

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा केही सदस्यहरूले निर्वाचन अघि नै विशेष महाधिवेशनमा जानुपर्ने र केही सदस्यहरूले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने धारणा राखेका हुन् ।

केही सदस्यहरूले भने निर्वाचन अघि विशेष नभई नियमित महाधिवेशन गर्न सकिने धारणा राखेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने पार्टीमा बलियो मत रहेको उनले बताए । सरकारबाट सुरक्षाको सुनिश्चितता भयो भने निर्वाचनमा जानुपर्ने र पार्टीले त्यसको तयारी गर्नुपर्ने सुझाव आएको प्रवक्ता महतले बताए । 

सबै विषयमा आएका सुझावहरूका आधारमा निष्कर्ष निकालेर छिटै बैठक सम्पन्न गरिने उनले जानकारी दिए । 

बिहीबार बैठकमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला ९पौडेल०, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के।सी लगाएत बागमति र लुम्विनीका प्रदेश समापतिले धारणा राखेका थिए । बैठक शुक्रवार पनि जारी रहने प्रवक्ता महतले बताए । 

प्रतिक्रिया दिनुहोस्