Logo
Logo

रास्वपाको राजनीतिक संवादमा बाबुराम र रेशम पनि सहभागी


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यका लागि ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको बालुवाटारस्थित एक होटलमा केहीबेरदेखि उक्त संवाद कार्यक्रम जारी रहेको छ ।

संवादमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, नाउपा, नेपालका संरक्षक रेशम चौधरी, रास्वपा उपसभापति डा। स्वर्णिम वाग्ले लगायतका नेताहरू सहभागी रहेका छन् ।

जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नयाँ राजनीतिक विकल्पका लागि भन्दै रास्वपाले संवाद कार्यक्रम आयोजना गरेको हो । रास्वपाले विविध राजनीतिक विकल्पबारे खुला छलफल आयोजना गरेको उपसभापति वाग्लेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्