काठमाडौं । दक्षिण अफ्रिकाका फाफ डू प्लेसिसले विराटनगर किङ्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । शुक्रवार विराटनगरले उनलाई दोस्रो सिजनका लागि टिममा अनुबन्ध गरेको हो । डु प्लेसिसले दक्षिण अफ्रिकाका लागि क्रिकेटका तीनवटै ढाँचामा खेल्दै उत्कृष्ट प्रदर्शन पनि गरेका छन् ।

डु प्लेसिसले दक्षिण अफ्रिकाका लागि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१२ मा डेब्यू गर्दै ५० खेलमा १ हजार ५ सय २८ रन बनाएका छन् । उनले सन् २०२१ मा टी-२० आईबाट सन्यास लिएका थिए ।
डु प्लेसिस आइपिएलमा पनि आफ्नो जादु चलाइ सकेको खेलाडी हुन् । उनले आइपिएलमा ४५०० रन बनाएका छन् । पछिल्लो सिजनमा उनले २०२४ को आइपिएलमा ४३८ रन बनाएका थिए । उनले पछिल्लो आइपिएल दिल्ली क्यापिटलबाट खेलेका थिए । उनीसँग विश्वका अन्य विभिन्न क्रिकेट लिगको अनुभव पनि रहेको छ ।











