Logo
Logo

बालेनलाई म छोरो भन्छु, उसले दिदी भन्छ : प्रधानमन्त्री कार्की


1.6k
Shares

काठमाडौं । प्रधानमन्त्री भएयता सुशीला कार्कीलाई काठमाडौं मेयर बालेनले दुईपल्ट भेटेकि बताएकी छन् । सम्पादकहरूसँग शुक्रवार साँझ बालुवाटारमा कार्कीले बालेनलाई  दुईपटक भेटेकि बताएकी हुन् । 

पहिलो भेटमा २३ भदौको युवा संहारका बेला प्रधानमन्त्री रहेका केपी ओली र गृहमन्त्री रमेश लेखक समात्ने एजेन्डा कुराकानी भएको जानकारी दिइन् । 

दोस्रो भेटमा चाहिँ उनले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति विरक्ति पोखेको प्रसङ्ग यति बेला चर्चामा छ । तर, प्रधानमन्त्रीको सचिवालयले उक्त प्रसङ्गको खण्डन गरिसकेको छ । 

सुशीला र बालेनको सम्बन्ध र सम्पर्क कुन तहसम्म विकसित छ त ? सम्पादकहरूको जिज्ञासामा शुक्रवार साँझ प्रधानमन्त्रीले भनिन्, ‘५–६ पल्ट भेट भइसकेको छ । म प्रधानमन्त्री भएपछि पनि २ पल्ट भेट भइसक्यो । आज बिहान पनि फोनमा कुरा भएको थियो । बालेनलाई म छोरो भनी बोलाउँछु । उसले चाहिँ मलाई दिदी भन्छ । उसले गृहमन्त्रीको राजीनामा मागेको छैन ।’

प्रतिक्रिया दिनुहोस्