Logo
Logo

प्रधानमन्त्री बन्न नमानेकी सुशीलालाई राष्ट्रपतिले के भनेका थिए र माने ?


3.9k
Shares

काठमाडौं । सुशीला कार्कीले  आफू प्रधानमन्त्री बन्नुको पछाडिको कारण खुलाएकी छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री बन्दा  कसरी र कसले उनलाई प्रधानमन्त्री बनायो भन्ने प्रश्न उठिरहेका थिए । 

The current image has no alternative text. The file name is: susila-5.jpg

प्रम कार्की आफैँले शुक्रवार सम्पादकहरूसँग छलफलका क्रममा प्रधानमन्त्री हुनुको पछाडिको कारण खुलाएकी हुन् । ‘म त प्रधानमन्त्री हुन तयारै थिइनँ । मेरो बुढो र मेरो लन्डन जाने टिकट थियो ४ असोजको । जेनजी आन्दोलनमा एक जना आफन्तले गोली खायो भनेपछि बुढाले म त सक्दिनँ, तिमी सिभिल अस्पताल जाऊ भने । म अभिषेकलाई लिएर त्यहाँ पुग्दा भतिजो त्यहाँ थिएन । ऊ केएमसीमा रहेछ ।

त्यही बेला जताततै गोली खाएका केटाकेटी देखें । एउटाले रुँदै भन्यो, ‘साथीसँग अँगालो मार्दै आन्दोलनमा गएको । उसले मेरै अघि गोली खायो । यहाँ ल्याइपुर्याउँदा प्राण गयो ।’

त्यो दिनको भयावह अवस्था देख्दा जोकोही आक्रोशित हुन सक्थ्यो । म पनि आक्रोशित थिएँ । अरु सबै जना रोइरहेका थिएँ । म पनि रोएँ ।

बाहिर पत्रकार थिए, मलाई सोधिहाले । मैले ज्यानमारा सरकारविरुद्ध कडा बोलेँ । मलाई के थाहा, आफन्त हेर्न अस्पताल जाँदा देखेको दृश्यले मलाई जेनजीकी आमा बनाइदेला भनेर !

त्यसपछि सबैतिर मेरो खोजी सुरु भयो । शीतल निवासमा बोलाइयो । राष्ट्रपति रामचन्द्र पौडेलले भन्नुभयो, ‘सबैतिर तिम्रो खोजी भएको छ । प्रधानमन्त्री बन्ने तयारी गर ।’ ‘म त बन्दिनँ, मलाई चाख छैन,’ उहाँलाई भनेँ ।मलाई मेरा श्रीमान् दुर्गाले पनि प्रधानमन्त्री नबन बन्नुभएको थियो । मैले उहाँलाई त्यही घरसल्लाह सुनाएँ ।

राष्ट्रपतिले निकै जोड गर्दा पनि मैले बन्दिनँ भनेपछि उहाँ थरथरथर गर्दै उभिनुभयो र औंला देखाउँदै भन्नुभयो, ‘यस्तो सङ्कटका बेला पनि प्रधानमन्त्री बनिनौ भने म तिमीलाई राष्ट्र बचाउन नलागेको भनेर राष्ट्रघाती भन्दिन्छु । भोलि नै मिडिया बोलाएर म तिमीलाई राष्ट्रघाती भन्दिन्छु ।’ त्यसपछि म प्रधानमन्त्री बनेँ ।

प्रतिक्रिया दिनुहोस्