Logo
Logo

डिजेल/मट्टितेलको मूल्य घट्यो


693
Shares

काठमाडौँ । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल/मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरिएको हो । निगम सञ्चालक समितिले हवाई इन्धन आन्तरिकतर्फ लिटरमा १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाउने निर्णय गरेको छ ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकइभन पोइन्ट बिक्री मूल्य कायम गरिएको छ । साथै पेट्रोल बिक्री मूल्य यथावत राखिएको निमगले शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्