Logo
Logo

एकीकृत समाजवादीसँगको पार्टी एकता हानिकारक हुन सक्छ : जनार्दन


1.1k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले नेकपा (एकीकृत समाजवादी) सँगको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुन सक्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: janardhan-sharma-.jpg

पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा उनले यस्तो धारणा राखेका हुन् । बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । सचिवालय बैठकमा नेता शर्माले भने, ‘हतारमा गरिएको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न सक्छ, तर समग्र कम्युनिष्ट आन्दोलनका लागि प्रतिकूल परिणाम निम्त्याउनेछ । त्यसैले उपयुक्त गृहकार्य, वैचारिक स्पष्टता र आधारबिना गरिएको एकता दीर्घकालीन रूपमा हानिकारक हुनेछ ।’

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) सहितका दलहरूबीच एकताको सैद्धान्तिक तथा नीतिगत विषय टुङ्गिएको ब्रिफिङ गरेका छन् । उनले संगठनात्मक विषय पनि नेतृत्व तहमा करिब–करिब टुङ्गिएको बताएका छन् । यद्यपि, दुवै सङ्गठनलाई कसरी एकताबद्ध गरेर अगाडि बढाउने भन्ने विषयमा छलफल जारी छ । 

छलफलमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि प्रसाद सापकोटा, मात्रिका यादवलगायतका नेताहरू सहभागी छन् । नेता जनार्दन शर्माले भने एकता हतारमा गर्न नहुने मत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्