काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले निर्माणाधीन त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको अवलोकन गरेका छन् ।

शनिवार उनी आयोजना स्थल पुगेर कामको प्रगति, निर्माण गुणस्तरलगायतबारे जानकारी लिएका हुन् ।
अवलोकनका क्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का र निर्माण कम्पनीका प्रतिनिधिले मन्त्री गुप्तालाई ब्रिफिङ गरेका थिए ।














