Logo
Logo

मनासलु क्षेत्रमा घाइते भएका पर्यटकको उद्धार


315
Shares

गोरखा । मनास्लु क्षेत्र भ्रमणका क्रममा भीरबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका पर्यटकको आज हेलीद्वारा उद्धार गरिएको छ । बिहीबार चुमनुब्री गाउँपालिका-१ सामागाउँबाट फर्कँदा ढुङ्गाले टाउकोमा लागेर घाइते भएका झापाका मिनुइन्द्र लम्सालको तीनदिनपछि उद्धार गरिएको हो ।

The current image has no alternative text. The file name is: uddaer.gif

प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेर उद्वारमा ढिलाइ भएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।  घाइतेलाई आज दिउँसो सिम्रिक एयरको हेलीमार्फत उद्धार गरी काठमाडौं पठाएको उनले जानकारी दिए । 
 
टाउकोमा गम्भीर चोट लागेका लम्सालको बिही स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिरहेको थियो । बिहीबार बिहान सामागाउँबाट फर्कँने क्रममा चुमनुब्री-४ बुर नजिकैको पहिरोमा भीरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर ४४ वर्षीय लम्साल गम्भीर घाइते भएका थिए । उनीसँगै विशाल लम्साल र दीपेन्द्र न्यौपाने पनि रहेकामा दुवै जना सकुशल रहेका प्रमुख प्रशासकीय अधिकृत लामिछानेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्