Logo
Logo

माओवादी र एकीकृत समाजवादीबीच एकता घोषणा २० गते


2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरूबीच कात्तिक २० गते एकता हुने भएको छ । आइतबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

कात्तिक १८ गते बस्ने केन्द्रीय समिति बैठकमा संगठनात्मक र नीतिगत विषयमा छलफल हुने माओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार २० गते एकता प्रक्रियासम्बन्धी एकीकृत समाजवादी लगायत एकतामा आउने दलहरूसँग संयुक्त बैठक बसेर एकता घोषणा हुनेछ ।

बैठकमा पार्टी एकतापछि नयाँ दल दर्ता प्रक्रिया र त्यसको तयारीबारे पनि विस्तृत छलफल भएको सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्