Logo
Logo

गौरादहमा रास्वपा नगर सभापतिसहित १६ जना जुवाडे पक्राउ


441
Shares

झापा । झापाको गौरादहस्थित एक होटलबाट १६ जना जुवाडे पक्राउ परेका छन् ।

गएराति गौरादह नगरपालिका ५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवा तास खेलाईरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा मार्दा होटल सञ्चालक, रास्वपा नगरसभापति जगत अधिकारीसहित १६ जना पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले एक लाख ६ हजार ६ सय २० रुपैया समेत बरामद गरेको छ । पक्राउ पर्ने मध्ये बिनोद अधिकारी भने गत भदौ २४ गतेको जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा पनि संलग्न भएका ब्यक्ती रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने-
(१) रास्वपा गौरादह नगर सभापति जगत अधिकारी गौरादह–३
(२) गौरादह रास्वपा ४ नंबर वडा सभापति युबराज खड्का
(३) भरत कार्की
(४) हृदय सुवेदी
(५) टंक बराल (सुन ब्यबसायी)
(६) राम फुँयाल
(७) केदार मगर
(८) नबराज भट्टराई
(९) रोशन खत्री
(१०) बिनोद अधिकारी, गौरादह ५ (तोडफोड आगजनीमा संलग्न)
(११) दुर्गा पौडेल
(१२) मकर अधिकारी
(१३) अशोक काफ्ले
(१४) अर्जुन श्रेष्ठ
(१५) सुदिप चेम्जुङ्ग
(१६) दिल बहादुर मगर

प्रतिक्रिया दिनुहोस्