
काठमाडौं । निर्वाचन आयोगले धरानका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ । आयोगले आज श्रम संस्कृति पार्टीलाई दल दर्ताको आधिकारिक प्रमाणपत्र दिएको हो ।
साम्पाङले आज स्वयं आयोगमा पुगेर पार्टीले मान्यता पाएको प्रमाणपत्र लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ दलहरू दर्ता प्रक्रियामा छन् ।














