Logo
Logo

नेप्सेले वृद्धिलाई दियो निरन्तरता


189
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन बढेर बन्द भएको नेप्सेले सोही क्रमलाई निरन्तरता दिएको हो ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

आइतबार नेप्से परिसूचक ३०.७५ अङ्क बढेर २६३१.१४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.४१ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स २.२० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अङ्क बढेको छ ।

नेप्सेको वृद्धिलाई  भोल्यूमले पनि साथ दिएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत बिहीबार ७ अर्ब ५१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३१९ स्टकको ६८ हजार ११२ पटकको कारोबारमा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँबराबरको २ करोड ९७ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज ६ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज सामुदायिक लघुवित्त वित्तीय संस्था, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, पिपुल्स पावर, तेह्रथुम पावर र गुहेश्वरी मर्चेन्ट बैङ्क एण्ड फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैङ्कको सेयरमूल्य ८ प्रतिशत बढेको छ। कारोबारमा आएको खानी खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ४.७६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा हिमालयन बैङ्क लिमिटेडको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको १ अर्ब ६६ करोड ५० लाख रुपैयाँबराबरको संस्थापक सेयर कारोबार भएको छ । त्यस्तै, यूनियन हाइड्रोपावरको करिब साढे ३४ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.१७ प्रतिशत बढेको छ। त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक १.१० प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्