Logo
Logo

माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका आठ दलबीच कार्तिक १९ गते एकता हुने


945
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीसहित विभिन्न आठ दलबीच कार्तिक १९ गते एकता घोषणा हुने भएको छ । 

The current image has no alternative text. The file name is: prachand.jpg

आठ दलका शीर्ष नेताहरुबीचको बैठकले आइतबार पार्टी एकता सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यदलको बैठकमा यी पार्टीहरूबिच १८ बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्