Logo
Logo

त्रिशुलीमा पेट्रोल बोकेको ‘ट्यांकर दुर्घटना शंकास्पद’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ असोज । केही दिअघि त्रिशुली नदीमा खसेर आगो लागेको पेट्रोल बोकेको ट्यांकर दुर्घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न नेपाल आयल निगमले नेपाल प्रहरीलाई पत्राचार गरेको छ । यही ४ असोजमा पेट्रोल बोकेको ट्यांकर नदीमा खस्दा आगलागी भएको थियो ।
दुर्घटनास्थल धादिङको गजुरीको इलाका प्रहरी कार्यालयलाई छानबिनका लागि पत्राचार गरिएको निगमको थानकोट प्रादेशिक डिपोले जनाएको छ । दुर्घटना नियोजित हो की भन्ने आशंकामा प्रहरीलाई छानबिन गर्न भनिएको थानकोट डिपो प्रमुख प्रदिपकुमार यादवले बताए ।
प्रमुख यादवले चालकको पहिलेदेखि नै भूमिका शंकास्पद रहेको भन्दै पछिल्लो समयमा मिसावटमा कडा कारबाही हुन थालेपछि दुर्घटना गराइएको आंशकामा अनुसन्धान गर्न भनिएको उनले बताए । नदीमा खसेको २० हजार लिटर पेट्रोल बोकेको ट्यांकर सुदीप बोहराले चलाएका थिए । चालकसहित ट्यांकरमा सवार सहचालक मनिष नगरकोटी दुर्घटनामा सुरक्षित रहेपनि २१ लाख रुपैयाँ पर्ने पेट्रोल नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्