Logo
Logo

५ एसएसपी डीआईजीमा बढुवा


4.3k
Shares

काठमाडौं । सरकारले पाँच ५ एसएसपीलाई डीआईजीमा बढुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई  डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् । 

The current image has no alternative text. The file name is: police-2.jpg

एक सातापहिले उनीहरू बढुवाका लागि सिफारिस भएका थिए । बढुवा भएका डीआईजीको जिम्मेवारी पनि तोकिएको छ ।  भुपेन्द्र खत्री सीआईबीमा, सानुराम भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अबिनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्