Logo
Logo

लोक सेवाको भर्ना सुचारु गर्ने सरकारको निर्णय, लोक सेवाले निकाल्यो परीक्षा तालिका


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ असोज ।

लोक सेवा आयोगका अवरुद्ध भर्ना प्रक्रिया सुचारु भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले रोकिएका परीक्षा सुचारु गर्ने निर्णय गरेको हो ।


सरकारको निर्णयपछि आयोगले शुक्रबार शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । अधिकृतको १८ कात्तिकदेखि तथा नासुको ७ मंसिरदेखि लिखित परीक्षा सुचारु गर्न लागिएको छ । परीक्षाका लागि आयोगले बिशेष स्वास्थ्य मापदण्ड बनाएर लागू गर्ने भएको छ । कोरोनाका कारण करिब १३ हजार पदको भर्ना प्रक्रिया स्थगित भएको थियो ।

यो वर्षको पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन । प्रहरीको पनि गत सातादेखि भर्ना प्रक्रिया अघि बढाइएको थियो ।
लोक सेवाका अन्य परीक्षा प्रक्रिया पनि सुचारुको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्