Logo
Logo

जेनजी आन्दोलन : प्रहरी हत्या आरोपमा ५ जना जेल चलान


1.1k
Shares

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । महाराजगञ्ज प्रहरी वृत्तका असई मिलन राय, जवान उत्तम थापा र कोटेश्वर प्रभागका सहायक हवलदार अमृत गुरुङको हत्यामा संलग्न रहेको ठहर गर्दै अदालतले उनीहरूलाई थुनामा राख्ने आदेश दिएको हो ।

असई राय हत्यामा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी-४ का ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुर चौदण्डीगढी–१० का २८ वर्षीय टिकाराम विकलाई कर्तव्य ज्यान र आपराधिक उपद्रवमा मुद्दा चलाइएको छ । 

जवान थापा हत्यामा काभ्रे रोशी-९ का २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुर थाहा-७ का २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) तथा सहायक हवलदार गुरुङ हत्यामा कैलाली लम्मीचुहा-४ का १९ वर्षीय अनुयम भण्डारी कारागार पठाइएका हुन् । भण्डारी क्रिकेट खेलाडीसमेत हुन्स उनलाई भारतमा ट्रेनिङ लिएर फर्किएलगत्तै कैलालीबाटै पक्राउ गरिएको थियो ।

गत २४ भदौमा भएको जेनजी आन्दोलनमा तीन प्रहरीसहित ७६ जनाको ज्यान गएको थियो । अहिले पनि सात जना हिरासतमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोम गुरुङ, राजिव गुरुङ, युनिक श्रेष्ठ, सुमित तितुङ, दिपक मगर, अलिश श्रेष्ठ र सौरभ तामाङमाथिको अनुसन्धान अन्तिम चरणमा छ । केही दिनमै मुद्दा दर्ता हुने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्