Logo
Logo

युएई लिग-२ मा अमेरिकासँग २४३ रनले पराजित


315
Shares

काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा संयुक्त राज्य अमेरिका (युएसए) ले संयुक्त अरब इमिरेट्स (युएई) लाई २४३ रनको फराकिलो अन्तरले पराजित गर्दै ऐतिहासिक जित निकालेको छ । 

२९३ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली युएई २२.१ ओभरमा मात्र ४९ रन बनाएर अलआउट भयो । युएईको ब्याटिङ सुरुदेखि नै धराशायी रह्यो । अमेरिकी बलर रुशिल उगारकर र सौरभ नेत्रवलकरको घातक बलिङसामु युएईका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् ।

युएईले मात्र १६ रन जोड्दा आफ्ना ७ विकेट गुमाइसकेको थियो । उसका लागि जुनैद सिद्दिकीले बनाएको १० रन नै सर्वाधिक रह्यो । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

अमेरिकाका लागि रुशिल उगारकरले ८.१ ओभरमा २२ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । उनको धारिलो बलिङसामु युएईका मध्यक्रमका ब्याट्सम्यान निरुत्तर बने ।

त्यस्तै, अर्का बलर सौरभ नेत्रवलकरले झनै किफायती बलिङ गर्दै ८ ओभरमा ४ मेडन राख्दै मात्र ४ रन दिएर ३ महत्त्वपूर्ण विकेट हात पारे । शुभम रञ्जने र मिलिन्द कुमारले पनि एक९एक विकेट लिए ।

अमेरिकाले साईतेजा मुक्कामल्ला र मिलिन्द कुमारको कीर्तिमानी शतकीय साझेदारीमा विशाल योगफल तयार पारेको थियो । खराब सुरुवात गर्दै ६.६ ओभरमा २८ रनमा ३ विकेट गुमाएको अमेरिकाको पारी मुक्कामल्ला र कुमारले सम्हालेका थिए ।

यी दुईले चौथो विकेटका लागि अविजित २६४ रनको विशाल साझेदारी गरे । मुक्कामल्लाले १४९ बलमा १० चौका र ३ छक्कासहित १३७ रनको अविजित शतकीय पारी खेले भने कुमारले पनि १२५ बलमा ११ चौका र १ छक्काको मद्दतले १२३ रनमा अविजित रहे ।

उनीहरूको यही साझेदारीले अमेरिकालाई खेलमा पूर्ण रूपमा हाबी हुने अवसर प्रदान गर्‍यो । युएईका बलर जुनैद सिद्दिकीले २ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्