Logo
Logo

अस्ट्रेलियन ब्याटर जोस ब्राउनले सुदूरपश्चिमबाट एनपिएल खेल्ने


252
Shares

काठमाडौं । सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अस्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ ।

ब्राउनले बिग बास लिग (बीबीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । टी-२० क्रिकेटमा ४० खेल खेल्दै ९४५ रन बनाएका ब्राउनले एनपीएलको दोस्रो संस्करणमा खेल्न पाउँदा खुसी व्यक्त गरेका छन् । 

जोस ब्राउनले टी-२० क्रिकेटमा सर्वाधिक १४० रन बनाएका छन् । जोस एनपीएल खेल्न आउने कुरामा धेरै उत्साहित रहेका छन् । उनले नेपाली समर्थकलाई छिट्टै भेट्ने बताएका छन् । 

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले ब्राउनले बीबीएलमा आफ्नो बेग्लै छाप छोडेको र नेपालमा पनि उनको उत्कृष्ट प्रदर्शन हुनेमा विश्वस्त रहेको बताए ।

उनी सुदूरपश्चिम रोयल्स लागि चौथो विदेशी खेलाडीको रुपमा भित्रिएका हुन् । सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन ।

प्रतिक्रिया दिनुहोस्