काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औँ महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ । सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन प्रस्ताव भोलि बस्ने केन्द्रीय समिति बैठकमा राख्ने निर्णय गरेको हो ।

संस्थापन पक्षको भेलाले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनका लागि पार्टीका सबै तहलाई सक्रिय रहन आह्वान गर्ने निर्णय समेत गरेको छ । यसैगरी १५ पुसभित्र क्रियाशील सदस्य नवीकरण गरी नयाँ वितरण गरी सक्नु पर्ने, सम्पूर्ण तहमा घरदैलो अभियान सञ्चालन गर्दै निर्वाचनका लागि जागरण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।









