काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसद्का महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे सहभागी थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, भेटवार्तामा समसामयिक राजनीतिक र प्रशासनिक विषयहरूबारे विस्तृत छलफल गरिएको थियो ।














