Logo
Logo

फागुन २१ मा चुनाव हुँदैन: प्रदिप  ज्ञवाली 


0
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जेनजी सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको प्रतिनिधिसभा  निर्वाचन हुन नसक्ने दाबी गरेका छन् । एमाले उदयपुरले सदरमुकाम गाईघाटमा सोमबार आयोजित कार्यकर्ता भेलामा ज्ञवालीले अहिलेकै अवस्थामा चुनाव हुने वातावरण नदेखिएको बताए ।  

The current image has no alternative text. The file name is: pardeep.jpg

ज्ञवालीले भने, ‘पाँच हजार भन्दाबढी भागेका कैदीबन्दी, प्रहरीबाट लुटिएका आधाजस्तो हातहतियार बाहिरै छन् । तीनै व्यक्तिहरूबाट हत्या, लुटपाट र बलात्कारका घटना भइरहेको अवस्थामा कसरी निर्वाचन सम्भव हुन्छ रु’  

‘निर्वाचन गर्न शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरण हुनुपर्छ,’ उनले भने ‘अनि मात्र उम्मेदवार जनताको घर दैलोसम्म भोट माग्न जान सक्छन्, जनताले निर्धक्कसँग मत हाल्न सक्छन् ।’ निर्वाचन गराउने कर्मचारीहरू मतदातास्थलसम्म जानसक्ने वातावरण नरहेकाले निर्वाचन हुने सम्भावना नरहेको ज्ञवालीको दाबी छ । 

प्रतिक्रिया दिनुहोस्