Logo
Logo

भैरहवामा होटलका सुरक्षा गार्डमाथि गोली प्रहार


1.3k
Shares

काठमाडौं । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेशनलको सुरक्षा गार्डमाथि गोली प्रहार भएको हो ।

गएराति १ बजेतिर होटलका सुरक्षा गार्ड बुटवल उपमहानगरपालिका–१५ निवासी २७ वर्षीय मीनबहादुर परियारमाथि गोली प्रहार भएको हो ।

गोली लागेर घाइते भएका मीनबहादुरको भैरहवास्थित भीम अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भएको छ । घाइते परियारले अपरिचित व्यक्तिले पेस्तोल निकालेर आफूमाथि गोली प्रहार गरेको प्रहरीलाई बताएका छन् ।

होटल अगाडि केही व्यक्तिहरुबीच वादविवाद चलिरहेको र त्यही बेला एक समूह होटलमा प्रवेश गर्न थालेपछि सुरक्षा गार्डले रोक्ने प्रयास गरेका थिए । तर, सुरक्षा गार्डमाथि नै गोली प्रहार भएको रुपन्देहीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार उक्त होटलमा क्यासिनो रहेकाले रातिमा पनि होटल सञ्चालन हुँदै आएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्