Logo
Logo

जगाती प्रहरी चौकी जलाउने ८ जनाले गरे आत्मसमर्पण


2k
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भक्तपुरस्थित जगाती प्रहरी चौकी आगजनी गर्ने ८ जनाले गरे आत्मसमर्पण गरेका छन ।

आत्मसमर्पण गर्नेहरुमा ३४ वर्षीय रामशरण परियार, ३२ वर्षका रुपक परियार, स २६ वर्षका होमबहादुर खत्री, २२ वर्षीय अमृत सुनुवार र १८ वर्षका प्रालद कुमार ठाकुर रहेका छन् । त्यस्तै २३ वर्षका राजन माक, १६ वर्षीय सरोज बम्जन र २२ वर्षका विकास तामाङले पनि आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

भदौ २३ गतेको जेनजी प्रदर्शनमा प्रहरी दमनबाट २२ जनाको मृत्यु भएपछि भोलिपल्ट आन्दोलनकारीहरुले तोडफोड तथा आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्